नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोभिड पुष्टि भएको छ । कुल १६३ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
आईतबार भेरी अस्पतालको प्रयोगशालामा १०३ नमुना परीक्षण गर्दा २५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालाले आज रिर्पोट दिएको छैन । बागेश्वरी ल्याबमा ६० नमुना परीक्षण गर्दा ३२ जना गरि कुल ५७ संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका १२ जना छन् । जिल्लाका २ जना महिला र १० जना पुरुष गरि १२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार ४१० जनाको पीसीआर परीक्षण गरिएको छ ।
आज जिल्लामा कोरोना संक्रमण मुक्त भई ११८ जना डिस्चार्ज भएका छन् । ४३ जना महिला र ७५ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । जिल्लाका दुईजना र जिल्ला बाहिरका दुईजना गरि थप ४ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।