फार्मेसी स्टोरमा फार्मासिस्टलाई नै जिम्मेवारी दिन भरतपुर अस्पताललाई विभागको निर्देशन

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

चितवन: औषधि व्यवस्था विभागले भरतपुर अस्पतालको फार्मेसी स्टोरमा सम्बन्धित क्षेत्रका व्यक्तिलाई नै जिम्मेवारी दिन अस्पतालाई निर्देशन दिएको छ।

विभागले औषधि ऐन २०३५ को दफा २८ अनुसार आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, विक्रि वितरण, डिस्पेन्सिङ वा संचय गर्न नहुने भनि स्पस्ट व्यवस्था गरेको तथा अस्पताल फार्मेसी निर्देशिका, २०७२ ले फार्मेसी जनशक्तिको व्यवस्था गरी औषधिको विक्रि वितरण गर्नुपर्ने भनि कानूनि व्यवस्था रहेको स्पस्ट पारेको छ ।

तर अस्पतालमा सो अनुसार कार्यन्वयन तथा व्यवस्थापन नभएको गुनासो सरोकारवाला र विभिन्न पेशागत संघ संस्थाबाट आएको भन्दै विभागले औषधि ऐन तथा निर्देशिका अनुसार हुने गरि यथाशिघ्र गराउने व्यवस्था गरि सो को जानकारी मन्त्रालय तथा विभागमा गराउन भनेको छ ।

भरतपुर अस्पतालको फार्मेसी स्टोर कानुन विपरीत अहेबको भरमा चल्दै आएपछि त्यहाँका फार्मासिस्टहरु शान्तिपूर्ण आन्दोलनमा थिए।

 

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech