भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजना बिरामीको मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा बारबर्दिया नगरपालिका-२ बर्दियाका ४५ वर्षीया महिला र खजुरा गाउँपालिका-३ बाँकेका ४३ वर्षीय पुरुषको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बारबर्दियाका ४५ वर्षीया महिला संक्रमण पुष्टि भएपछि जेष्ठ १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो । त्यस्तै खजुराका पुरुषले बागेश्वरी ल्याबमा कोभिड परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि थप उपचारका लागि जेष्ठ १ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३११ जना र जिल्लाकै ३०० जनाको मृत्यु भएको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech