कोहलपुरः बाँकेको कोहलपुरका सामाजिक कार्यमा सक्रिय युवाहरुद्धारा स्वतन्त्र रुपमा सामाजिक सेवाभावका साथ स्थापना भएको कोभिड खाद्य बैंकले खाद्य सामाग्री वितरण सुरु गरेको छ ।
शुक्रबार कोभिड खाद्य बैंकले कोहलपुर नगरपालिका वडा नं १ र १५ मा अति विपन्न, असाहय, अपाङगतालगायत कोभिड प्रभावितलाई खाद्य सामाग्री वितरण सुरु गरिएको हो । दुई वडाका १२० घरपरिवारलाई २० केजी चामल, २ केजी दाल १ लिटर तेललगायतका खाद्यान्न सामाग्री वितरण गरिएको खाद्य बैंकका सहसंयोजक भुम भण्डारीले वताउनुभयो ।
कोभिड खाद्य बैंकमा हाल सम्म १९ लाख रकम जम्मा भैसकेको पनि भण्डारीको भनाइ छ । विभिन्न क्षेत्र ,तथा विदेशबाट समेत सहयोग आउने क्रम जारी रहेको भण्डारीले जानकारी दिनुभयो ।
कोभिड खाद्य बैंकले प्रत्येक वडामा गएर नाम संकलन गर्ने अनि कोभिडबाट प्रभावित व्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण गर्ने गरेको संयोजक भट्टराईले वताउनुभयो ।
कोभिड खाद्य बैक संचालन समितिका सदस्य चेतकान्त भट्टराईले सामाजिक संजालमा समस्या परेकालाई बैंकले सहयोग गर्ने भन्दै आवश्यक परेकाहरुको विवरण समेत माग गर्नुभएको थियो । समस्यामा परेका कतिपयले त्यही आफ्नो विवरण दिएका थिए । उनीहरुलाई पनि राहात दिने गरिएको छ ।
आफुहरुले सकेसम्म वास्तविक समस्या भएका कोहलपुर नगरपालिकालगायत अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि राहात दिने गरिएको उहाँको भनाइ छ। खाद्य बैंक संंयोजक प्रदिप भट्टराईका अनुसार उक्त बैंकमा हालसम्म १९ लाख जम्मा भइसकेको छ । स्वस्फुर्तरुपमा यहाँका मनकारीसँगै विदेशबाट समेत सहयोग हुने क्रम जारी छ।