यसरी आउनसक्छ महिलाको ‘सेक्स लाइफ’ मा समस्या

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

कतिपय महिलाको बढ्दो उमेरसँगै यौन उत्तेजनामा पनि समस्या आइदिन्छ। तर, कतिपय अवस्थामा यसमा अन्य कारणहरुले पनि असर गरेका हुन्छन्।

हालै स्कट्सटेडका अनुसन्धानकर्ताले गरेको एक अनुसन्धान महिलाको यौन उत्तेजनामाथि केन्द्रित रहेर गरिएको छ। अनुसन्धानकर्ता तथा मेयो क्लिनिककी मेडिसिन प्रोफेसर डा जुलियाना क्लिंगले गरेको अनुसन्धानमा महिलाको यौन इच्छालाई निद्रासँग जोडिएको छ। जसले के देखाएको छ उहाँले भन्नुभयो, बढ्दो उमेरसँगै महिलाले आफ्नो यौन इच्छालाई कायमै राख्न पर्याप्त समय निदाउनु आवश्यक छ।

जुन महिलाले पर्याप्त समय निद्रालाई दिन सक्दिनन्, उनको यौन इच्छामा पनि दुईगुणाले कमी आउँछ। अनुसन्धान ५३ वर्ष उमेरका ३ हजार ४ सय बढी महिलामा गरिएको थियो। जसमा ७५ प्रतिशत महिलाले आफ्नो पर्याप्त समय निद्रालाई दिन सकेका थिएनन्। अध्ययनमा सहभागी ५४ प्रतिशत महिलामा कुनै न कुनै प्रकारले यौन उत्तेजनामा समस्या रहेको पाइयो।

अध्ययनमा सहभागी महिलालाई यौन जीवनसँग सम्बन्धीत प्रश्नहरु सोधिएको थियो। जसले आफूले पर्याप्त समय निदाउन नसकेको बताएका थिए, उनीहरुको यौन जीवनमा पनि समस्या देखिएको थियो।

डा क्लिंग भन्नुहुन्छ, ‘जो महिला दिनको पाँच घण्टा पनि सुत्न सक्दिनन् उनीहरुमध्ये धेरैमा यौन उत्तेजनामा समस्या देखियो। उनीहरुको ‘सेक्स लाइफ’ नै नराम्रो पाइयो। सेक्सुअल डिस्फङ्सन एक प्रकारको यौन समस्या हो जसको सम्बन्ध निद्रासँग जोडिएको छ।

यसको प्रभावले यौन इच्छा, उत्तेजनामा कमी तथा प्राइभेट पार्टहरुको दुखाइ हुनसक्छ।’ उहाँ भन्नुहुन्छ, ‘पर्याप्त समय ननिदाउनुले शरीरमा नकारात्मक असर पर्छ। जसले थकान र यौन समस्या ल्याउँछ। राम्रो निद्राले तपाईको सेक्स लाइफलाई सुमधुर बनाइराख्छ।’

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech