धनगढी: कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो।
खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल भने आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ।
के गर्न पाईने, के नपाईने ? सूचना हेर्नुहोस्