भारतमा बालबालिकामा कोभ्याक्सिन खोपको परीक्षण सुरु

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७८, बिहीबार

नयाँ दिल्लीः भारतले आफनै देशमा बनाएको कोभ्याक्सिन खोपको बालबालिकाहरुमा परीक्षण सुरु गरेको छ ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा सन्जिव कुमारले बताउनुभयो ।

आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने छ । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।

हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech