कर्णाली प्रदेशमा कोभिड संक्रमण दर घट्दो क्रममा, निको हुने धेरै

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट ३५९ जनाको नमुना परीक्षण गर्दा १५१ जना र ६५७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १९० जना गरि कुल ३४९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ६१० जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २३ हजार ९४४ पुगेको छ ।

हालसम्म संक्रमणबाट करिब १७ हजार ३२२ जना निको भएका छन् । ४ हजार ९२९ जना कोभिडका सक्रिय संक्रमित अहिले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ३ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण कर्णाली प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या २५१ पुगेको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech