भेरीले भन्यो-‘बाँकेसहित आसपासका जिल्लामा भाइरस संक्रमितको अनुपात घट्यो’

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले बाँके र आसपासका जिल्लामा कोरोना भाइरसको संक्रमण घट्दै गएको जनाएको छ ।बैशाखको पहिलो सातादेखि उच्च स्थानमा पुगेको भाइरस संक्रमण जेठको पहिलो सातादेखि घट्नेक्रममा रहेको अस्पतालले स्पष्ट पारेको छ । अहिले भेरीमा १५७ जना उपचारत रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रस्तुत गरेको विवरण

भेरी अस्पतालको परीक्षणको नतिजा हेर्दा बाँके र वरपरका जिल्लामा कोभिड १९ को संक्रमण पहिचानको संख्या र संक्रमकता अनुपात घट्दो देखिएको छ ।

बैशाखको पहिलोसाता उच्च बिन्दुमा रहेको पोजिटिभिटी रेट जेठको पहिलो साता देखि क्रमश घट्दै गएको पाइएको छ । कुनै समय भेरी अस्पतालबाट मात्र ५५० भन्दा नमुना संकलन भएकोमा हाल त्यो घट्दै गइ १०० को आसपासमा हुन थालेको छ । जेठको पहिलो साता ७५ प्रतिशत सम्म रहेको पोजिटिभिटी रेट हाल ३० प्रतिशत जति रहेको छ ।

त्यस्तै इन्डोरमा भर्ना हुने संख्या पनि बिस्तारै घट्दै गएको पाइएको छ । बैशाखाको तेश्रो हप्ता औसत दैनिक ४० जनासम्म बिरामी भर्ना भएकोमा हाल त्यो संख्या १० भन्दा कम भएको छ । यो संख्या दोश्रो लहरको कोभिड संक्रमण सुरु हुने बेलाकै हाराहारी हो ।

तर पनि हाल भेरी अस्पतालमा उपचाररत बिरामीहरुो संख्यामा भने खासै ठूलो अन्तर आएको छैन । कारण -अधिकांश बिरामीहरू लामो समय देखि भर्ना भइ उपचाररत नै हुनुहुन्छ । आजसम्मको अवस्थामा अस्पतालमा १५७ जना उपचाररत हुनुहुन्छ । जसमा मध्यम समस्या (Moderate) का १२०, ICU श्रेणीका २८ र भेन्टिलेटरमा ९ जना हुनुहुन्छ ।

गत बैशाख १ देखि ११०९ जना भर्ना भइ उपचार गराएकोमा निश्चित परिणाम सहित डिस्चार्ज भएका ९५२ मा निको भएका ७१.२ प्रतिशत र मृत्यू भएका २६.७ प्रतिशत रहेका छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech