फ्रान्सले पठाएको कोरोना भाइरस विरुद्धको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

काठमाडौः नेपाल सरकारले सहयोगका लागि गरेको अपील अन्तर्गत फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो।

मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप दिएको हो।

पाँच लाख चार हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट, १२ हजार थान प्रोटेक्सन ग्लासेज, ९ वटा ओसिरिस तेस्रो रेस्पिरेटर र कन्सुम्बल तथा पाँचवटा सिरिअस ५० रेस्पिरेटर र कन्सुम्बल फ्रान्सले नेपाललाई प्रदान गरेको हो।

यी सामग्री स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस–जेभियर लेगेरले हस्तान्तरण गर्नुभएको हो ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech