थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप तीनजना बिरामीको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा १ जना, युनाइटेड अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा चौकुने गाउँपालिका ४ सुर्खेतका ७० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका ८ का ६७ वर्षीय पुरुष र खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुष रहेको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९४ जना र जिल्लाकै २९६ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

संक्रमण तिब्र रुपमा फैलदा अस्तव्यस्त बनेको बाँकेमा अहिले कोभिड संक्रमण दरसँगै मृत्यु दरमा समेत कमि आएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech