चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप नेपाल आईपुग्यो

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख डोजमध्ये आठ लाख डोज खोप मंगलबार नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो।बाँकी खोप केही समयपछि हिमालयन एयरलाइन्समार्फत ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारत, चीन, अमेरिका र बेलायतका सरकार प्रमुखहरुलाई पत्राचार गर्दै कोभिड खोपका लागि सहायता गरिदिन अनुरोध गर्नुभएको थियो । त्यसको केही समयपछि नेपालका लागि चिनियाँ राजदुतले चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने जानकारी गराउनुभएको थियो ।

यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो । चीनबाट अहिले ल्याईएको खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech