काठमाडौं: चीनका नागरिकलाई तीन सन्तान जन्माउन पाउने अनुमति दिईएको छ ।
यसअघि चिनमा दुई सन्तानको कडा नीति थियो । चीनका नागरिकले तीन सन्तान जन्माउन पाउने अनुमति पाएसँगै अब उक्त निति समाप्त भएको छ।
तीन सन्तान जन्माउन पाउने निर्णयमा सत्ताधारी कम्युनिस्ट पार्टीको पोलिटब्युरोले निर्णय गरेपछि राष्ट्रपित सी जिनपिङले अनुमति दिनुभएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चिनमा जनगणना सुस्त गतिमा बढेको पाईएपछि यस्तो निर्णय भएको हो । चीनमा एक दशकमा जनगणना हुने गर्छ ।