बाँकेका अस्पतालमा कोभिड संक्रमित थप चारजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-४ दाङका ४२ वर्षीया महिला, बासगढी नगरपालिका-३ बर्दियाका ४२ वर्षीय पुरुष, बागचौर नगरपालिका-८ सल्यानका ६१ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका-५ बर्दियाका ५८ वर्षीया महिला हुनुहुन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २७९ जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बाँकेमा केहिदिन यता निरन्तर कोभिड संक्रममण दर घटिरहेको छ । अहिले जिल्लामा मृत्यु दरमा समेत कमी आउन थालेको छ । हिजो २४ घण्टामा ५ जनाको मृत्यु भएको थियो । संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुईवटा अस्पतालमा एकैदिन १६-१७ जना सम्मको ज्यान जाने गरेको थियो ।

अहिले जिल्लाका बिरामीहरु भन्दा जिल्ला बाहिरबाट उपचारका लागि आएका बिरामीहरुको बढी मृत्यु भैरहेको छ। ढिला गरि अस्पताल आईपुग्ने गरेको भएर पनि कतिपय संक्रमित बिरामीहरुलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech