महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शत प्रतिशतले वृद्धि, अब १२ हजार पुग्यो

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं: महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शत प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गरिएको जानकारी दिनुभयो।

मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिदै आएको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरि रु १२ हजार पुर्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्यलाई यसपटक प्राथमिकतामा राखि बजेट सार्वजनिक गरिएको छ ।

सरकारले आगामी वर्षमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। यो कुल बजेटको ७ दशमलव ४५ प्रतिशत हो।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech