काठमाडौं: सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
शनिबार आर्थिक वर्ष २०७८-७९ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिनुभएको हो । स्वास्थ्यको बजेट कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रित छ ।
गत आर्थिक वर्षमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको थियो । बजेटमा कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ।यस्तै महिला स्वास्थ्य स्वयंकसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका कुरा समेत समावेश छन्।
यस्तै औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन भएको छ।