बाँकेमा शुक्रबार ६५ जनामा कोभिड पुष्टि, जिल्लाका १४ जना मात्र

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा शुक्रबार थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कुल १९३ नुमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालाले आज रिर्पोट सार्वजनिक गरेको छैन । मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य १४ जना बाँकेका छन् ।

७ जना महिला र ७ जना पुरुष गरि जिल्लाका थप १४ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७७ हजार ६१४ जनाको पीसीआर परीक्षण भएको छ ।

आज जिल्लाका ९४ जना डिस्चार्ज भएका छन्। ४६ जना महिला र ४८ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितिले जनाएको छ । गएको २४ घण्टामा कोभिड संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

जिल्लाका २ जना र जिल्ला बाहिरबाट उपचारका लागि आएका ६ जना गरि थप ८ जनाको मृत्यु भएको हो ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech