भेरी अपडेट: स्वास्थ्यकर्मी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गर्ने तीनजना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा  दर्ता भएको छ।

कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका एसपी ओम राणाले जानकारी दिनु भयो ।

उनिहरुले बिहिवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गरेका थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech