भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालय पुगे

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र दोषिलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पतालका  स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाबारे बुझ्न र साथ दिन प्रमुख जिल्ला अधिकारी अस्पताल नगएपछि उनीहरु आफैं प्रशासन कार्यालयमा पुगेका हुन्।

घटनाको विरोध गर्दै भेरी अस्पतालका कर्मचारीले अपराधीलाई आफ्नो अगाडि उपस्थित नगराएसम्म र कारबाहीको ग्यारेन्टी नभएसम्म अस्पतालमा नयाँ बिरामी भर्ना नलिने बताएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको उपस्थितिमा अहिले सम्बद्ध सरोकारवाला बीच बैठक बसिरहेको छ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech