नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा बिहीबार राती भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुु भयो ।
कोरोना महामारीमा आफ्नो पेशागत धर्ममा रहेर काम गरीरहेका स्वास्थ्यकर्मी माथि सांघातिक हमला हुने खालका क्रियाकलाप हुनुु लज्जास्पद भएको स्वास्थ्य मन्त्रालयको ठहर छ।