भेरीमा तीन हप्तामा चार पटक स्वास्थ्यकर्मीमाथी आक्रमण: कारबाही एक जनालाई पनि भएन

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि बिहिवार राती आक्रमण भयो ।

दाङ तुलसीपुरका डिल्ली बहादुर रावतको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, मृतकका छोरोलगायतका आफ्न्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए ।

ज्यान मार्ने उद्देश्य सहित मृतकका आफ्न्तहरु आइसीयूमा छिरेर तोडफोड गरी नर्स र डाक्टरमाथि आक्रमणमा उत्रिए। केही स्टार्फले ज्यान जोगाउन माथिल्लो तलाबाट हामफाले ।

स्वास्थ्यकर्मी माथी भएको घटनाको अहिले चौतर्फी निन्दा भइरहेको छ। तर, घटनामा संलग्नहरु कानूनी दायरामा आएका छैनन्।

भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौंथो पटक हो।

यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्तलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। ती सबै घटना कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर भएका थिए।

अस्पतालका सुचना अधिकारी डा संकेत रिसालले अस्पतालमा निकै दुखद घटना भएको बताउँदै दोषीलाई कारबाही नभएसम्म काममा फर्कने अबस्था नभएको बताउनु भयो ।

उपचाररत बिरामीको मृत्यु हुँदा आफन्तले डाक्टर र नर्सहरुलाई नै आइसीयुमा पसेर आक्रमण गर्न थालेपछि आफूहरु त्रासमा काम गर्न बाध्य भएको डाक्टर तथा नर्सहरुले बताएका छन्।

डा रिसालले तीन हप्ताको बिचमा चार पटक अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको बताउनु भयो। अन्य थ्रेट र मानसिक टर्चर हरेक दिन हुन्छ। अघिल्ला घटनाका दोषीलाई कारवाही नगर्दा यस्तो अवस्था आएको उहाँको भनाई छ ।

महामारीको समयमा दिनरात नभनेर खटिएका स्वास्थ्यकर्मीमाथि हरेक दिनजसो ज्यान मार्ने उद्देश्यसहित आक्रमण हुँदा मनोबल कमजोर बनेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जबरजस्ती आइसीयूमा छिरेर तोडफोड गर्दै उपचारमा खटिएका नर्सलाई आक्रमण गर्दै स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भइरहेको छ। यस्ता घटनाका दोषीलाई कडा कारबाही नभए यी कुरा समाधान हुँदैनन्।’

उहाँले कुनैपनि राजनीतिक दलको आडमा स्वास्थ्यकर्मीमाथिको आक्रमण क्षम्य नहुने चेतावनी दिनुभयो ।

डा रिसालले पहिलो घटनाका दोषीलाई कारबाही नगर्दा अन्यमा पनि अराजकता बढेको बताउनु भयो । `३ हप्तामा ४ घटना भए। एक जनालाई कारबाही भएको छैन। सबै दोषी खुलेआम घुमिरहेका छन्। उहाँले भन्नूभयो-`यसले हामीलाई निकै दुःखी र हतोत्साहित बनाएको छ।’

उहाँले बिहीबारको घटनाले चिकित्सक तथा नर्सहरु ड्युटीमा जानै डराएको बताउनु भयो । दोषीलाई कारबाही नभएसम्म आफूहरुले ड्युटी ज्वाइन नगर्ने स्वास्थ्यकर्मीहरुको माग छ ।

घाँटी थिच्ने व्यक्तिलाई आफ्नो अगाडी ल्याउन स्वास्थ्यकर्मीले भनिरहेका छ्न । अहिले उनिहरु अस्पतालको गेटमा धर्नामा बसेका छ्न । सिकिस्त बिरामी भएकाले उनिहरुको ज्यान जोगाउन केही नर्सहरु कोभिड वार्डमा खटिएका छ्न ।

भेरी अस्पतालमा पछिल्लो तीन सातामा चौथो पटक ड्युटीमा खटिएका नर्स तथा चिकित्सकमाथि भौतिक आक्रमण भएको छ। तर, रहेक पटक पावरको बलमा एक जना दोषीलाई पनि कारबाही भएको छैन।

भेरी अस्पतालका कोभिड अस्पतालका फोकल पर्सन डाक्टर संकेत रिजालले पहिलो पटक आक्रमण गर्ने दोषीलाई कारवाही नभएपछि अन्य पटक पनि घटना दोहोरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो‘पहिलो घटना हुँदा पनि अस्पताल प्रशासनले कारबाही लागि निवेदन दियौँ। एक सातामै अपराधी छुट्यो। त्यसपछि आजसहित तीन घटना भए, कसैलाई कारबाही भएको छैन।’गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेका थिए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech