भेरीमा भएको घटनाप्रति सरकारी चिकित्सक संघको आपत्ति

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज: सरकारी चिकित्क संघ(गोदान)ले भेरी अस्पतालको कोभिड आइसियु कक्षमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातगर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै उक्त घटनाको भत्सर्ना गरेकाे छ।

गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आइसियु कक्षमा  तोडफोड गर्ने, उपचारमा बाधा पुर्‍याउने जस्ता कार्य अमानवीय भएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।

गोदानले जेल ‘विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको नियम तत्काल लागू गर्न सरकारलाई पुनः स्मरण गराएको छ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech