नेपालगन्ज: कोरोना भाइरसस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एकजना बिरामीको मृत्यु भएको छ ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा भेरी नगरपालिका १ जाजरकोटका ७० वर्षीया महिलाको मृत्यु भएको हो । जेष्ठ ३ गते पीसीआर परीक्षण गरि थप उपचारका लागि त्यसको भोलीपल्ट ४ गते भर्ना हुनुभएका उहाँको आज साझ ५:३० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २६५ जना र जिल्लाकै २८६ जनाको मृत्यु भएको छ ।