नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा बिहीबार थप ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कुुल ६७० नुमुना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४३६ नमुना परीक्षण गर्दा २३२ जना, मेडिकल कलेज कोहलपुरमा ८४ नमुना परीक्षण गर्दा २१ जना र बागेश्वरी ल्याबमा १५० नमुना परीक्षण गर्दा ५६ जना गरि कुल ३०९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरु मध्य ११९ जना बाँकेका छन् । ४४ जना महिला र ७५ जना पुरुष गरि जिल्लाका थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७७ हजार ४२१ जनाको पीसीआर परीक्षण भएको छ ।
आज जिल्लाका १७७ जना डिस्चार्ज भएका छन्। ४४ जना महिला र ७५ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितिले जनाएको छ । गएको २४ घण्टामा कोभिड संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
जिल्लाका ४ जना र जिल्ला बाहिरबाट उपचारका लागि आएका ५ जना गरि थप ९ जनाको मृत्यु भएको हो ।