भारतमा कोरोना संक्रमितको संख्या फेरि बढयो

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: भारतका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या फेरि बढेको छ ।  पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार भन्दा धेरैमा भाइरस संक्रमण फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई लाख ११ हजार २९८ नयाँ संक्रमित थपिएका हुन् । सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८४७ जनाको ज्यान गएको छ ।

अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या दुई करोड ४६ लाख ३३ हजार ९५१ पुगेको छ । यस्तै कोभिड–१९ का कारण तीन लाख १५ हजार २३५ जनाको ज्यान गइसकेको छ ।

हाल २४ लाख १९ हजार भन्दा बढिमा संक्रमण सक्रिय अवस्थामा छ। अहिलेसम्म भारतमा २० करोड २६ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech