मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७८, बुधबार

काठमाडौं: अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।

१२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो । सो उमेर समूहमा प्रभावकारी देखिएको यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो।

यसअघि फाइजरको खोप पनि प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक भएको थियो। मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ ।

चार हप्ताको अन्तरमा दुई पटक दिनु पर्ने मोडेर्नाको खोप वयस्कहरुमा प्रयोगका लागि यस अघि नै अनुमति पाइसकेको छ ।अनुमति पाएको खण्डमा यो खोप अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग हुने दोस्रो खोप हुनेछ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech