भारतमा कोभिड संक्रमण दर घट्दो क्रममा, २४ घण्टामा २ लाख ८ हजार बढीमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७८, बुधबार

काठमाडौं: कोरोना भाइरस संक्रमण दर निरन्तर ओरालो झर्दै गरेको भारतमा मृत्युदरमा भने अझै कमि आएको छैन । हरेक दिन चारलाख सम्म संक्रमित संख्या हुनेगरेको भारतमा अहिले त्यो संख्या निरन्तर घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब २ लाख ८ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही समयमा करिब ४ हजार १७२ बढीले संकमणकै कारण ज्यान गुमाएका छन् ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ११ हजार नाघेको छ।भारतीय सञ्चार माध्यमका अनुसार भारतमा कुल संक्रमित संख्या २ करोड ७१ लाख नाघेको छ ।

संक्रमितमध्ये २ करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् भने २५ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा करिब २१ हजार संक्रमित थपिएका छन् भने ६४७ जनाको मृत्यु भएको छ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech