काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण देशभर ज्यान गुमाउनेहरुको संख्या ६ हजार ७०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १६९ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेहरुको कुल संख्या ६७०० पुगेको हो । अस्पतालमा कोभिडका गम्भीर बिरामीहरु उपचारमा भएको भएर पनि मृत्युदर घट्न सकेको छैन ।
केहि जिल्लामा संक्रमण दर घट्दै गएको भएपनि केहि जिल्लामा भने उस्तै छ । आज मंगलबार ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ६ हजार ४०० बढी संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
देशभर १ लाख १७ हजार बढी कोभिडका सक्रिया संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।