बिएण्डसी सञ्चालक दुर्गा प्रसाईले डा केसी अभियानका मिडिया संयोजकलाई यसरी धम्क्याए (अडियोसहित)

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

काठमाडौंः झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिनुभएको छ ।

उहाँले सुवेदीमाथि तथानाम गाली गर्नुभएको छ । केही दिनअघि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो।

लगत्तै पर्साइले सुवेदीलाई फोन गरेर तथानाम गालीगलौज गर्नुभएको हो ।

सुन्नुस् अडियो

भिडियो स्रोतः आयोमेल 

यसैबीच, अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा केसी अलायन्सले कडा निन्दा गरेको छ। ‘नागरिकहरुको ज्यूधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ।’, अलायन्सले भनेको छ।

अभियन्ता सुवेदीमाथि यसबीच कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवारी दुर्गा प्रसाइँ हुने अलायन्सले जनाएको छ। सुवेदी कोभिड संक्रमणका कारण आइसोलेसनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी नगरेका तर, छिट्टै प्रसाइँविरुद्ध किटानी जाहेरी दर्ता हुने अलायन्सले जनाएको छ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech