भारतमा संक्रमण दर ओरालो झर्दै, मृत्यु दरमा भने कमि आएन

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

तस्बिर:बिबिसी

काठमाडौं: कोरोना भाइरस संक्रमण दर निरन्तर ओरालो झर्दै गरेको भारतमा मृत्युदरमा भने अझै कमि आएको छैन । हरेक दिन चारलाख सम्म संक्रमित संख्या हुनेगरेको भारतमा अहिले त्यो संख्या निरन्तर घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब २ लाख २२ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही समयमा करिब ४ हजार ४०० बढीले संकमणकै कारण ज्यान गुमाएका छन् ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख नाघेको छ।भारतीय सञ्चार माध्यमका अनुसार भारतमा कुल संक्रमित संख्या २ करोड ६७ लाख नाघेको छ ।

संक्रमितमध्ये २ करोड ३७ लाख भन्दा बढी निको भइसकेका छन् भने २७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech