बाँकेमा २४ घण्टामा कोरोनाबाट मृत्युदर शून्य

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: कोरोना संक्रमणका कारण दैनिक मृत्युदर बढेको बाँकेमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्यमा झरेको छ ।तर जिल्ला बाहिरबाट उपचार गर्न आएका संक्रमितमध्ये ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिनुभयो ।

आइतबार बाँकेमा संक्रमित थपिने संख्या पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या केही दिनदेखि घट्न थालेको हो ।२४ घण्टाकै अवधिमा बाँकेका ३ वटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३९० मध्ये बाँकेका ११४ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।आइतबार बाँकेमा ४५२ जना कोरोनामुक्त भएका छन् ।यसअघि संक्रमण तिब्र रुपमा फैलदा बिरामीहरुले सजिलोसँग अस्पतालमा बेड पाउन सकेका थिएनन् । अस्पतालमा अहिले पहिलाको जस्तो बेडको समस्या छैन ।

जिल्लाका संक्रमित घटेपनि अन्य जिल्लाबाट उपचारका लागि आउनेहरुको संख्या भने बढिरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले बताउनुभयो ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech