काठमाडौं: कोभिड- १९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण माग गरेको छ।
मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कोभिड-१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको विवरण पठाउन अनुरोध गरेको हो ।
जोखिम भत्ता उपलब्ध गराउने नेपाल सरकार(मन्त्रिपरिषद)को वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।
अस्पतालले विवरणमा कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर(चेक बुकको छाया प्रति समेत )र वैशाख महिनाको पेरोल समावेश गर्नुपर्नछ ।
हेर्नुहोस् मन्त्रालयको पत्र