धनगढी: धनगढी स्थित सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार गएको २४ घण्टामा अस्पतालबाट कोभिड संक्रमण जितेर ११ जना डिस्चार्ज भएका छन् । त्यस्तै उपचारका लागि थप १३ जना अस्पतालमा भर्ना भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा ४ जनाको मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।