नेपालगन्जः नेपालगन्जस्थित वेष्टर्न हस्पिटलले करिव एक महिनाको अवधिमा १८ कोभिड संक्रमित विरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाका अनुसार, अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसूति तथा स्त्रीरोग सँग सम्बन्धीत २ वटा गरी १८ जना संक्रमित बिरामीको सफल शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिएको हो । सम्भवत एक महिनामा संक्रमित १८ जनाको शल्यक्रिया गरेको लुम्बिनी प्रदेशको यो पहिलो अस्पताल हो ।
दोस्रो लहरको कोभिड–१९ को महामारी फैलिदै गएपछि अस्पतालले गएको वैशाख पहिलो सातादेखि ४ बेडको कोभिड वार्ड संचालन गरि कोभिडका संक्रमित बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको थियो । तर पछिल्ला दिन संक्रमितको संख्या बढ्दै गएपछि बेड संख्या थप गरिएको निर्देशक डा राहुलले बताउनुभयो
। ‘पछिल्ला दिनहरुमा संक्रमित बिरामीहरुको संख्या बढ्दै गएपछि ४ बेडले चाप धान्न नसक्ने अबस्था सृर्जना भयो उहाँले भन्नुभयो–‘हिंजोदेखि बेड संख्या बढाएर १६ पु¥याइएको छ । कोभिड डेडिकेटेड वार्ड संचालनपछि विरामीहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । कोभिड डेडिकेटेड बार्ड संचालन भएपछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसूति तथा स्त्रीरोग सँग सम्बन्धीत संक्रमित बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा पाउन थप सहज हुने निर्देशक डा थापाको भनाइ छ ।
यस अस्पतालको अर्थाेपेडिक र ट्रमा बिभागमा डा बिनोद थापा, डा किरन गुरुङ, डा बसन्त सापकोटा र डा राहुल थापाले बिरामीहरुको उपचार गरि रहनु भएको छ । त्यसैगरी जनरल सर्जरी बिभागमा डा रुपानन्द अधिकारी, डा. प्रबिन गुप्ता, र डा धु्रब शाहले उपचार सेवा दिदै आउनु भएको छ भने स्त्री तथा प्रसूतिरोगसँग सम्बन्धित बिरामीहरुलाई डा कल्पना थापाले उपचार सेवा प्रदान गरिरहनु भएको छ ।
त्यसैगरी एनेस्थेसिया र सघन उपचारतर्फको सेवा डा निर्मल ज्ञवाली र डा पारस पान्डेले दिदै आउनुभएको छ । विगत १५ वर्षदेखि नेपालगन्जमा संचालन हुदै आएको वेष्टर्न ५० बेडको अस्पताल हो ।
नेपाल सरकारबाट संचालन स्वीकृती लिई यस अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसूति र स्त्री रोग सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।