धनगढी: कोरोना भाइरस संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा थप १५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण प्रदेशमा कैलालीका ७ जना,कञ्चनपुरका ६ जना, बाजुरा र दार्चुलाका १-१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेशमा कोभिडका कारण ३९७ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै प्रदेशमा २४ घण्टामा २ हजार २०५ जनाको नमुना परीक्षण गर्दा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३२ हजार ६६९ पुगेको छ ।