सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान,उपचारमा थप सहजता हुने विश्वास

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

धनगढी: सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।

अस्पताले एक विज्ञप्ती जारी गर्दै संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताहरूले सहयोग गरेका ३ गरि ३३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट निर्वाधरुपमा अक्सिजन आपूर्ति भैरहेको जनाएको हो । ।

अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप सहजता हुने अस्पतालको विश्वास छ । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट समेत निरन्तर अक्सिजन उत्पादन भैरहेको अस्पतालले जनाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech