बाँकेका ९१ जना संक्रमित थपिदा ५२३ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

नेपालगन्ज:बाकेमा आज दुईवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मेडिकल कलेज कोहलपुरमा २५५ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा र बागेश्वरी ल्याबमा १८९ जनाको नमुना जाँच गर्दा ९३ जना गरि कुल १७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसमध्य बाँके जिल्लाको संक्रमित संख्या ९१ रहेको छ । ४७ जना महिला र ४४ जना पुरुष गरि बाँके कुल ९१ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा आज कोरोना भाइरस संक्रमण मुक्त भएर २२६ जना महिला र २९७ जना पुरुष गरि कुल ५२३ जना डिस्चार्ज भएका छन् ।

गएको २४ घण्टामा बाँकेमा संक्रमणका कारण १७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech