पछिल्लो २४ घण्टामा ८ हजार बढीमा संक्रमण पुष्टि, ७९८९ जना निको भए

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ जना गरी कुल ८१७३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech