बुटवलः रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् ।
बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६स्५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभयो । यस्तै मंगलबार इमर्जेन्सीमै भर्ना भएका ओमसतिया गाउँपालिका रुपन्देहीका ४७ वर्षिय पुरुषको बुधबार बिहान ५ः३० बजे मृत्यु भएको डा गौतमले बताउनुभयो ।
यस्तै तिनाउ गाउँपालिका–६ पाल्पाकी ६० वर्षीया महिलाको मंगलबार साँझ ४: २० बजे, बुटवल–१३ का ५२ वर्षिय पुरुषको मंगलबार साँझ ७ः १० बजे र बुटवल– ७ का ६० वर्षीय पुरुषको बुधबार बिहान ७ः ३० बजे बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको मंगलबार राति १२ः ४० बजे, वैशाख २५ गते भर्ना भएका रामग्राम–६ नवलपरासीका ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा नारायण पोखरेलले जानकारी दिनुभयो । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३७४ पुगेको छ ।