काठमाडौं: अक्सिजन प्लाण्ट स्थापना गर्न चाहने संस्थाहरुका लागि आधार दरमै ऋण उपलब्ध गराइने भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवदेन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्न लिन कर्जा आधार ब्याजदरमा नै उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै केन्द्रीय बैंकले लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्मको विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।
हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले उक्त सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।