विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट, दुईजना प्रहरी नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

विराटनगर: मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।

सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।

उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।

यसैबिच कुटपिटमा संलग्न रहेको आरोपमा बूढीगङ्गा–२ का निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech