ललितपुर महानगरभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

ललितपुर: ललितपुर महानगरभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ। महानगरपालिकाले सोमबार सूचना निकाल्दै वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ ।

पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएकाले महानगरले हरेक वडामा केन्द्र सञ्चालन गरेको हो।

आफूलाई पायक पर्ने केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन महानगरले आग्रह गरेको छ।दोस्रो डोज खोप लगाउँन जादा अनिपार्य परिचयपत्र र पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड लिएर आउनसमेत महानगरले आग्रह गरेको छ।

हेर्नुहोस् खोप केन्द्र

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech