बाँकेका अस्पतालमा कोभिड संक्रमित थप तीनजना पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजना संक्रमित बिरामीको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

मृत्युहुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-२ का ५१ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१९ दाङका ५७ वर्षीय पुरुष र पुथा उत्तरगंगा-१० रुकुम पुर्वका ६० वर्षीय पुरुष हुनुहुन्छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका १९९ जना र जिल्लाकै २४४ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech