नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजना संक्रमित बिरामीको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।
मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१० का ६२ वर्षीय महिला, तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरुष, मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरुष र खजुरा गाउँपालिका-२ बाँकेका ८५ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका १९८ जना र जिल्लाकै २४२ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।