धनगढी: कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १४ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कोभिडका कारण गएको २४ घण्टामा कञ्चनपुरमा ६ जना, कैलालीमा ४ जना, डोटी, अछाम, बझाङ र दार्चुलाका १-१ संक्रमितको मृत्यु भएको हो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३६८ पुगेको छ । यस्तै सोमबार सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा ५६३ जना संक्रमित थपिएका छन् ।
प्रदेशभर गएको २४ घण्टामा १ हजार ५३५ नमुना परिक्षण भएका छन्। १ हजार २४४ नमूना पीसीआर तथा २९१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका हुन् ।