कोरोनाबाट वडाअध्यक्ष चौधरी सहित अर्का एकजनाको निधन

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट एकजना वडाअध्यक्षको निधन भएको छ । दंगीशरण गाउँपालिका–३ दाङका ६३ वर्षीय पूर्णबहादुर चौधरीको आज निधन भएको हो ।

चौधरीलाई बैशाख २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका चौधरीको उपचारका क्रममा आज मध्यान्ह १२ बजे निधन भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

यसैबिच कोरोना भाइरस संक्रमणकै कारण भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । तुलसिपुर उपमहानगरपालिका ६ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ११ ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १९४ जना र जिल्लाकै २४० जनाको मृत्यु भईसकेको छ ।

 

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech