नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका-३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका-५ कैलालीका ३८ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १९२ जनार जिल्लाकै २४० जनाको मृत्यु भईसकेको छ ।