बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गर्नुभयो ।

कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकाले अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

डा.गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिनुभयो । पछिल्लो हप्तादेखि केही निजी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामीका आफन्तलाई आफैं अक्सिजनको व्यवस्थापन गर्न लगाउने गरेका थिए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुहोस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सबैमा अनुरोध गर्नुभएको हो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech