नेपालगन्ज: बाँकेका तीनवटा पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आईतबार थप ८ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल १ हजार १०७ नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालको प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ६२२ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १४७ नमुना परीक्षण गर्दा ८३ जना र बागेश्वरी ल्याबमा १८० नमुना परीक्षण गर्दा १०० जना गरि कुल ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरु ३६५ जना बाँकेका छन् । त्यस्तै जिल्ला बाहिरका ४४० जनामा आज संक्रमण पुष्टि भएको छ । आज आईतबार २२३ जना महिला र २८८ जना पुरुष गरि कुल ५११ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।