एकैदिन १३९ कोभिड संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोभिड अपडेटमा थप १३९ जना संक्रमित बिरामीको मृत्यु भएको उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्युको विवरण सार्वजनिक गरिएको हो ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि नेपालमा मृत्युदर पनि बढिरहेको छ । गम्भीर प्रकृतिका संक्रमितहरुको संख्या बढी भएका कारण पनि मृत्युदर बढि रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

देशभरका कोभिड अस्पतालहरुमा गम्भीर बिरामी उपचार गराइरहेका छन् । अधिकांश ठाउँमा उपचारका लागि बेड अभाव छ । कतिपय ठाउँमा अक्सिजन अभाव भएको भन्दै अस्पतालहरुले नयाँ भर्ना समेत रोकेका छन् ।

यी विविध कारणले पनि मृत्युदर बढिरहेको हुनसक्ने धेरैको आंकलन छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech